आजका समाचार : प्रधानमन्त्रीलाई विश्वासको मतदेखि क्रिकेटमा नेपाल पराजितसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीलाई विश्वासको मतदेखि क्रिकेटमा नेपाल पराजितसम्म


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा जोगियो प्रचण्ड सरकार, पक्षमा १५७, विपक्षमा ११०, अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद, सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड, नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ, अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत, विशेष समितिको प्रतिवेदन, पारित टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल पराजितलगायत रहनेछन् ।

जोगियो प्रचण्ड सरकार, पक्षमा १५७, विपक्षमा ११०
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष(विपक्षमा मत दिएनन् ।


प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने : कांग्रेस-एमाले मिलेर देखाउनुहोस्, कामना छ

कांग्रेसका केही साथीहरूले ममाथि आक्रमण गर्नुभयो : प्रधानमन्त्री

मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छ :अध्यक्ष राउत

संविधान परिमार्जनको मागसहित प्रभु शाहको प्रचण्डलाई समर्थन

वर्तमान गठबन्धनले मुलुकका समस्या समाधान गर्छ : सांसद यादव

नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ

प्रचण्डलाई पाण्डेको प्रश्न:ओलीजी र देउवाजीले घाटी जोडेमा तपाईँको हालत के हुन्छ ?

सहकारी ठगी र सुन तस्करीका आरोपीको गठबन्धन बन्यो :चित्रबहादुर केशी

प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ: राजकिशोर यादव

मैले प्रधानमन्त्रीलाई पहिले नै भनेको थिए चाल सच्याउँनुहा्ेस् : राजेन्द्र लिङ्देन

राष्ट्रियसभा बैठक
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभाका सदस्य गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, पूजा चौधरी र विष्णुदेवी पुडासैनीलाई मनोनित गरे । मनोनित सदस्यहरुलाई सभाका सदस्यहरुले सहमति दिएका थिए ।

अध्यक्ष दाहालले विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर तथा मनोनयन समेत गरे । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम राष्ट्रियसभाका विषयगत समितिहरुमा रहने सदस्यको नाम मनोनयन गरेका हुन् ।

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई धन्यवाद

सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड

जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

राष्ट्रपतिद्वारा राजदूत पौडेललाई शपथ

नेपालको प्रकृति र संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल

सीमा क्षेत्रमा सुरक्षाका विषयमा नेपाल-भारतका उच्च अधिकारीबीच भेटवार्ता

अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

‘वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक’

अरुण तेस्रोको ७० प्रतिशत काम सम्पन्न
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमालले जानकारी दिए । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित

संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा

पोखरीमा डुबेर बालिकाको मृत्यु

हालसम्म ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर

इलाममा सुन्तला उत्पादन घट्यो

अस्तव्यस्त बन्दै भेरी करिडोर

खेलकुद…

टी-२० सिरिजको उपाधि पीएनजीलाई, नेपाल पराजित
हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ । उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए ।

कुशलले लिए पीएनजीको छैटौं र सातौं विकेट

पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य

नेपालको खराब सुरुवात, ७ ओभरमा गुमायो ४ विकेट

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

अन्तर्राष्ट्रिय…

रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताएका छन् ।

युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

नभाल्नीका सहयोगी भोल्कोभमाथि आक्रमण

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ०० बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन