चन्द्रागिरिका चार वडा ‘बालश्रम मुक्त वडा’ घोषणा « Khabarhub

चन्द्रागिरिका चार वडा ‘बालश्रम मुक्त वडा’ घोषणा


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन्  ।  बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

चन्द्रागिरि –५ किसिपिडिलाई बुधबार आयोजित कार्यक्रममा बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिकामध्ये चार जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए ।  सो अवसरमा नगर प्रमुख घनश्याम गिरीले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिए ।

उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छ । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ ।

अहिलेसम्म ६  स्थानीय तह बालश्रम मुक्त भइसकेको छन् । बालश्रम मुक्त बनाउन बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १० : १६ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले