भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर  « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर 


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो ।

शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास उपलब्ध गराइएको छ भने तीन वटा अनलाइन दर्ता तथा नवीकरण गरिएको पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बताए । उनका अनुसार तीनै जिल्लाका ६५ जना पत्रकारलाई क्षमता अभिवृद्धि तालिम समेत दिइएको छ ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सञ्चार माध्यम दर्ता, नवीकरण, प्रेस प्रतिनिधि पत्र वितरण लगायतका काममा सहजता दिलाउन घुम्ती शिविर मार्फत सेवा दिइएको अध्यक्ष केसीले बताए ।

त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरूको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, विधागत पत्रकारिता लगायतका विषयमा सहजिकरण गरेका थिए ।

घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ११ : ५६ बजे

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को