संविधान संशोधन आवश्यक : सङ्ग्रौला | Khabarhub Khabarhub

संविधान संशोधन आवश्यक : सङ्ग्रौला


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन् ।

आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन् ।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन् ।

नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले बताइन् ।

राजनीतिक दलहरूले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो । पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरिन् । मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्न सक्ने उनको दाबी छ ।

सङ्ग्रौलाले भनिन्, ‘हामी यो पद्धतिलाई आत्मसात् गरेर  मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ ।’ आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ०१ बजे

अर्जुनरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको गतिविधि नीतिगत

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रपुर– रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

काभ्रेपलाञ्चोक– स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत– पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो