परराष्ट्रमन्त्री श्रेष्ठ र चिनीयाँ समकक्षी यीबीच आज भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनीयाँ समकक्षी यीबीच आज भेटवार्ता


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

भ्रमणका क्रममा हिजो बेइजिङ पुगेका उनले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका थिए ।

चिनीयाँ समकक्षीसँग आज अपराह्न हुने द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणताका बेइजिङमा भएका १२ सहमति पत्र कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा आज रात्रिभोज आयोजना गर्दैछन् ।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले हुवावे रिसर्च एण्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमण गर्ने छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले चीनस्थित नेपाली राजदूतावासमा आजै हुने लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५७ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी