महाकालीमा पानीको बहाव उच्च, चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक « Khabarhub

महाकालीमा पानीको बहाव उच्च, चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ ।

गएरातिदेखि वर्षा हुँदा महाकालीमा पानीको बहाव बढेको हो । बहाव बडेपछि विहीबार बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ ।

गएरातिको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २० हजार आठ सय क्युसेक पुगेको थियो । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र परेका छन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षा अत्यधिक हुँदा नदीमा पानीको बहाव बढ्दै गएको हो । पानीको बहाव नरोकिएका कारण स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : १९ बजे

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने