अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा | Khabarhub Khabarhub

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् ।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन् ।

रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए । उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

उनले भने, ‘आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।’

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको बीउ नपाइएको बताए । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो ।

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ११ : २९ बजे

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार 

काठमाडौं– शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले

विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी र साम्राज्यवाद विरोधी शक्तिहरूले काठमांडौको