भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति « Khabarhub

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ । 

भारतको विदेश मन्त्रालयव्दारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ  वार्ता सकारात्मक भएको जनाइएको छ ।

वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्ण रुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा ‘लाइन—अफ—एक्चुअल कन्ट्रोल’ (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ ।

बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक संवाद सुरु गर्न दुबै पक्ष सहमत भएका छन्, भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

‘तत्कालका निम्ति, दुबै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान द्विपक्षीय सम्झौता बमोजिम सीमाक्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

दुबै देशबीचको २८औं वार्ता यसअघि गत नोभेम्बरमा सम्पन्न भएको थियो । उक्त वार्तामा दुबै पक्षले एलएसीको परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै एलएसी समेत पूर्वी लद्दाखको सीमाक्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्नेबारेमा खुला, रचनात्मक र गम्भीर विचारविमर्श भएको छ ।

यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ । मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ । 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : ३८ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि