सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल « Khabarhub

सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसद्को काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन दलहरूसंग आग्रह गरेका छन् । 

शनिबार सिंहदरबारमा संसद्का प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरे ।

छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।

त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनले बताए ।

उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने जानकारी दिए । गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ । 

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण