कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः शेखर कोइराला « Khabarhub

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः शेखर कोइराला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा न आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् ।

नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राखे ।

नेता डा कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिहरुको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने धारणा राखे ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पछिल्लो समय देश चुनौतीको घडीमा अगाडि बढिरहेको बताए । उनले सहकारी र लघुवित्त रकम ठगी गर्नेलाई कारबाहीको माग गरे । नेता केसीले नागरिकमा रहेको निराशालाई चिर्नका लागि वर्तमान सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : २७ बजे

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६