रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती « Khabarhub

रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् । 

मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनले आरोप लगाए ।

उनले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्न सुझाव दिए । रुसी सेनामा रहेका नेपालीको सङ्ख्यामा बारेमा पनि सरकार बेखबर रहेको उनले बताए । उनले मृत्यु भएका नेपालीहरूका आफन्तको डिएनए परिक्षण गर्ने नाममा थप पीडा दिने काम भएको समेत बताए ।

पौडेलले नागरिकहरू पीडामा हुँदा परराष्ट्रमन्त्री देशमा नबस्ने र रुसमा रहेका नेपालीका विषयमा बेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको धारणा राखे । 

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ४१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट