सुनिललाल स्मृति भारात्तोलन अर्को साता « Khabarhub

सुनिललाल स्मृति भारात्तोलन अर्को साता


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गीय सुनिललाल जोशी स्मृति भारात्तोलन प्रतियोगिता आगामी मंगलबारबाट सुरु हुने भएको छ । बिहीबार काठमाडौं भारात्तोलन संघले पत्रकार सम्मेलन गरि प्रतियोगिता आगामी २४ र २५ गते हुने जानकारी दिएको हो ।

सुनिललाल जोशीको सम्झनामा यसभन्दा पहिले २ पटक राष्ट्रियस्तरको भारात्तोलन प्रतियोगिता सम्पन्न गरिसकेको आयोजकले बताएको छ । यसैगरी नयाँ–नयाँ प्रतिभाहरुको प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको काठमाडौं भारत्तोलन संघले जानकारी दिएको छ ।

आइडब्लुएफ र एडब्लुएफको नियमअनुसार हुने प्रतियोगितामा सिनियर र जुनियर दुबैले भाग लिन पाउँछन् । ३ विभागिय टोलीसहित जिल्ला र क्लबका खेलाडीहरु गरि महिला पुरुष दुबैतर्फ ९० खेलाडी सहभागि हुने आयोजकको अनुमान छ ।

सिनियर महिला तथा पुरुषतर्फ १०–१० किलो तौल समूह , जुनियरतर्फ महिला र पुरुष १०–१० किलो तौल समूहमा हुने प्रतियोगितामा सिनियरतर्फ २०, जुनियरतर्फ २० गरी ४० किलो तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा सबैभन्दा बलियो पुरुष र महिलालाई नेपाल स्ट्रोङ्गेष्ट मेन र वुमनको उपाधि, प्रमाणपत्र र नगद रु ११ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पदक तथा प्रमाणपत्र बितरण गर्ने र प्रतियोगितामा सहभागी भएका जिल्ला तथा क्लबलाई प्रमाणपत्र पनि प्रदान गर्ने आयोजकले बताएको छ ।

भारात्तोलन खेलमार्फत् नेपालमा सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाउन सफल सुनिललाल जोशीको २०७४ असार ११ गते हृदयघातबाट निधन भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : २३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने