हतियार देखाएर जग्गा बेचेको रकम लुटपाट « Khabarhub

हतियार देखाएर जग्गा बेचेको रकम लुटपाट


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा आज दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ ।

मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए।

हजुरआमा सैहरा खातुनको नाममा रहेको जग्गा गढी गाउँपालिका सतेरझोराका विनोदलाई बिक्री गरेर लिएको रु पाँच लाख ३५ हजार घर जाने क्रममा बाटैमा अज्ञात समूहले हतियार देखाएर लुटेको पीडित सदाम अन्सारीले बताए।

पैसा लुटेर अज्ञात समूह मोटरसाइकलमा चढेर इनरुवातर्फ भागेका थिए । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बबियामा लुटपाट भएको पुष्टि गरे । लुटपाटको घटनामा संलग्नको खोजी भइरहेको सुनसरीका प्रनाउ भण्डारीले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ०८ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल