बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा « Khabarhub

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश  सरकारले  चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका  लक्षित वर्गका छ हजार  आठ सय ९५ घरपरिवारको  स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मन्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बिमाबापतको प्रिमियम तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार  भक्तपुरका  ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका  एक सय एक घरपरिवार, दोलखाका दुई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपाङ्गता भएका तीन सय ७७ जना तथा अति सीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा बापतको भुक्तानी  गरिएको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ११ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात