नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ (तस्बिरहरु) | Khabarhub Khabarhub

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ (तस्बिरहरु)


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रू गरेका हुन् ।

सुरुङको ब्रेक थ्रुका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति थियो ।

काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर छ । आयोजनाको आपतकालीन सुरुङ गत साउनमै बनिसकेको थियो ।

मुख्य सुरुङ खन्ने काम छिचोलिए पनि गाडी चलाउनका लागि भने अझै एक वर्ष कुर्नुपर्ने छ ।

सुरुङभित्रको सडक ढलानका साथै बत्ती र अक्सिजन पाइप जडानको काम काम बाँकी छ । सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सकिनुपर्ने थियो ।

काठमाडौं भित्रिने सवारी साधनको जाम कम गर्न र दुरी घटाउन बनाइएको यो सुरुङमार्गमा तीनवटा अन्डरपास छन् । त्यसैगरी, चारवटा बक्स कल्भर्ट र एउटा ओभरपास पनि छन् ।

राजमार्गको काठमाडौं–धादिङ खण्डलाई जोड्ने यो मार्गमा तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा–सिस्नेरी सुरुङमार्ग आयोजना कार्यालयको भनाइ छ ।

यो पनि-

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी

थप तस्बिर

 

 

 

तस्बिर : नेपाल फोटो लाईब्रेरी 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ४३ बजे

कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज

सुर्खेत– कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले