जितपुरसिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई « Khabarhub

जितपुरसिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

गएराति सिमरा रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै पुलिसले उपाधि जितेको हो ।

खेलको निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेलाल्टी सुटआउटमा पुलिसका रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए भने मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्र गोल गरे । मच्छिन्द्रका सौरभ लिम्बू र चन्दन दास गोल गर्नबाट चुकेका थिए ।

नव जनजागृती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको पुलिसले ट्रफीसहित १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको मच्छिन्द्र क्लबले ५ लाख रुपैयाँ प्राप्त पाएको छ ।

यस्तै, फाइनल खेलमा पुलिसका अमित टमाटा प्लेयर अफ दी म्याच र सन्जित श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : २९ बजे

जलवायु न्याय र वित्तीय सहयोगमा गुटेरेसको जोड

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तापक्रम वृद्धि रोक्न उत्सर्जन

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि