एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठकमा आज समूहगत छलफल | Khabarhub Khabarhub

एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठकमा आज समूहगत छलफल


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हिजो सुरु भएको बैठकमा पेस भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुनेछ ।

हिजो पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रस्तुत प्रतिवेदनहरुलाई छलफलपछि आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची समेत रहेको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।

यसैबीच, एमालेले आज नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दलका शीर्ष नेताहरुलाई पनि बोलाएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ४२ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को