फागुनमा पुग्यो ‘दयारानी’ « Khabarhub

फागुनमा पुग्यो ‘दयारानी’


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका रहेको फिल्म ‘दयारानी’ को रिलिज मिति ६ महिनापछि धकेलिएको छ । यो फिल्म पहिले जेठ १० गते हुने भनिएको थियो । त्यसपछि फिल्म साउन  ३० मा पुगेको थियो ।

अब यो फिल्म महाशिवरात्रीको अवसर पारेर रिलिज हुने भएको हो । यसअघि दुईपटक रिलिज डेट सारिसकेको फिल्म निर्माण टिमले अब भने जुनै हालतमा पनि यही मितिमा फिल्म रिलिज हुने जनाएको छ ।

पहिले जेठ १० गते रिलिज हुने भनिएको फिल्म पछि साउन ३० मा पुगेको थियो ।

निर्देशक माओत्से गुरुङले नेपालमा फिल्म चलाउन गाह्रो भएको भन्दै रिलिज मिति सारेका हुन् । यो फिल्ममा दयाहाङ र दिया पुनका अतिरिक्त विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारको अभिनय रहेको छ ।

माओत्से फिल्मस् र सिनेमा आर्टसले संयुक्त रुपमा आयोजना गरेको यो फिल्ममा खराब श्रीमान र दयालु श्रीमतीको एउटा पृथक कथा देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : ५९ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको