चक्रीय प्रणाली अनुसार सवै प्रदेशमा खेलकुद: मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

चक्रीय प्रणाली अनुसार सवै प्रदेशमा खेलकुद: मन्त्री विश्वकर्मा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।  आइतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालु आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजना सम्बन्धी गोष्ठीमा बोल्दै उनले सो खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरे ।

सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको पनि स्पष्ट पारे । मन्त्री विश्वकर्माले अवको डेढ वर्ष भित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने गरी आवश्यक योजना तय गरिएको पनि बए ।

उनले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीब्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए । मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा उनले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : ४६ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता