पदक विजेता खेलाडी सम्मानित « Khabarhub

पदक विजेता खेलाडी सम्मानित


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानित भएका छन् ।

सोमबार शारिरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गरेका हुन् । खेलाडीलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मानित गरेका हुन् ।

श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार नगदले सम्मानित गरे । च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।

च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठ, नरेश मालाकार र मल्लिका शाक्यले स्वर्ण जितेका थिए । यस्तै रजत जित्नेमा कमल भण्डारी, रमेश कार्की,निशान्त प्रधान, राजु राई, प्रमोद राई, रजनी श्रेष्ठ र पुजा श्रेष्ठ रहेकी छिन् ।

त्यस्तै कृष्ण दास दिवाकर, प्रज्वल मान शाक्य, अशोक महर्जन, मिलन सिजापति, कृष्ण महर्जन र सुजिता मानन्धरले कास्य जितेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : १३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने