उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो « Khabarhub

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

पार्टी फुटाउने निर्णयविरुद्ध सर्वोच्च जाने तयारी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् ।

मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् ।

यादवले दिनभर जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफल गरे । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।

उनले पार्टीमा देखिएको संकटबारे आफू छलफलमा रहेको बताएका छन् । ‘अहिले म पार्टीका साथीहरूसँग छलफल गरिरहेको छु । उहाँहरूले सुझाव दिइरहनु भएको छ’, यादवले खबरहबलाई भने, ‘कानुनी प्रक्रिया पनि अगाडि बढ्छ । भोलि सबै कुरा फाइनल हुन्छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफू मन्त्रीसमेत रहेकाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताए ।

‘म अहिलेको सरकारको मन्त्री पनि छु । उहाँ (प्रधानमन्त्री) ले मसँग पछिल्लो राजनीति घटनाबारे कुरा गर्नुभयो’, उनले खबरहबलाई भने ।

उनले आफू विदेश गएकाले बेला ठूलो राजनीतिक षड्यन्त्र भएको बताएका छन् । ‘साथीहरू किन बिदा भए, म पनि बुझ्दै छु’, उनले भने, ‘म बाहिर गएको बेलामा षड्यन्त्र गरियो, पार्टी फुटाइयो ।’

जसपाले पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्न सोमबार नै केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक डाकेको थियो ।

तर सोमबार दिनभर अध्यक्ष यादवले आफूनिकट सांसद र नेताहरूसँग आन्तरिक छलफल गरे । त्यहीकारण केन्द्रीय कार्यकारिणी समिति र दलको बैठक अब बुधबार बिहान मात्रै बस्ने भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ५४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच