महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर « Khabarhub

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७/२८ जना चालक र मजदुर टापुमा फसेका हुन् ।

प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ÷तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् । सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ ।

फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : १८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले