संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम « Khabarhub

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ ।

बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे ।

नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताए । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उनको भनाइ छ ।

कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्तन लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताए ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : २४ बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको