स्वास्थ्यवर्द्धक बदामका फाइदै फाइदा | Khabarhub Khabarhub

स्वास्थ्यवर्द्धक बदामका फाइदै फाइदा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमि नल्याउनुस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवर्द्धक खानेकुरा मानिन्छ ।

चाहे गर्मी होस् चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरीरलाई भरपुर फाइदा पुर्‍याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने सम्भावन रहन्छ र यसले पेटलाई खराब गर्छ ।

बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १० : १२ बजे

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने

काठमाडौं– असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर

अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ?

काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर