युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍यो आणविक हतियारको परीक्षण « Khabarhub

युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍यो आणविक हतियारको परीक्षण


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन युद्धकाबीच रुसी सेनाले इस्कान्डरकिन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा गरेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।

रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।

रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

रुसले यस्तो परीक्षण गरिरहेको छ जब केही दिन अघि नाटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने कुरा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।

यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुगेको थियो । 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : २५ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।