उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान | Khabarhub Khabarhub

उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड, फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज वेलायत प्रस्थान गरेकी छन् ।

 उपप्रमुखसँग भ्रमण टोलीमा वडा-२७ की सदस्य सृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान रहेका छन् । 

महोत्सव मेनचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्ने छिन् । उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

वार्षिक रुपमा मनाइने यो महोत्सव स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदान हुन्छ । यो सन् २०११ मा लण्डनको साउथ बैंकबाट सुरु भएको हो । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेकी छन् ।

लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । महोत्सवमा सहभागी महिलाहरूले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । 

कार्यक्रममा विभिन्न देशबाट राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका वक्ता र सहभागीको जमघट हुनेछ । 

हाल सम्म विश्वका ६ महादेशको ४५ भन्दा वढी स्थानहरूमा ५० लाख भन्दा वढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् । 

महोत्सवसँगै भ्रमण टोलीले स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा  सहभागी हुनेछ । यस्तै लण्डनस्थित बेलायतका लागि नेपालको राजदूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुने छ । भ्रमण अवधिमा अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोली ज्येष्ठ २० गते स्वदेश फर्कनेछ । 

यसप्रकारको भ्रमण र कार्यक्रममा सहभागितापछि आपसी कार्यक्रममा साझेदारिता बढ्ने, क्षमता विकास र सशक्तिकरणको कार्यक्रममा सामूहिक नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ । 

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले गएको वैशाख १० गते  ब्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ५१ बजे

सुरु भयो आँप मेला (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

घोडाघोडी–  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि एक रोपनीभन्दा