जीवन परियारले भने : रविलाई छाडेर गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन « Khabarhub

जीवन परियारले भने : रविलाई छाडेर गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न ठगित कार्यदलका सदस्य नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले गोलमोटल भाषा राखेर कुरा अघि नबढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परियारले छानबिन समितिको कार्यदेशमा रवि लामिछानेको नाम राख्नै पर्ने अडान दोहोर्‍याए ।

‘पछिल्लो समय देशको राजनीतिमा उतारचढाव आएका छन् । कार्यदलको बैठक पनि आजै तीन पटक बस्यौँ । जसका बारेमा छानबिन समिति बन्नुपर्छ भनेका छौँ, जसका बारेमा समिति खोजेको हो, त्यहाँ नपुगी मिल्दैन भनेका छौँ’, उनले भने, ‘नाम नराखी छानबिनको दायरालाई अघि बढाउन सक्छौँ भन्ने आशय हाम्रो छ । गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन ।’

परियारले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिनामा सहभागी भएको बताए । ‘हामीले कांग्रेसले नै विभिन्न सहकारीबाट गोरखा मिडिया नेट्वकर्क र ग्यालेक्सी टेलिभिजनमा बचत रकम आएको छ । दुरुपयोग र अपचलन भएको विपक्षीले कुरा उठायो त्यसबारे छानबिन गरौँ भन्ने ब्यहोरा लेखौँ भनेका छौँ’, उनले भने, ‘हिनामिनामा मुछिएका सम्बन्धित व्यक्तिबारे छानबिन नगरी कांग्रेसले कार्यदलमा सहमति गर्न सक्दैन । आज उहाँहरूले राखेका कुरामा हामीले सहमति हुन सक्दैन भनेका छौँ ।’

परियारले पुरानो अडानमा कांग्रेस यथावत रहेको बताए । ‘उहाँहरूले राखेका कुरा पनि हामी नेतृत्वसँग राख्छौँ’, उनले भने, ‘कांग्रेस लचिलो भएको कुरा होइन, हामीले सरकारबाट छानबिन अघि बढिसकेपछि निष्पक्ष होस् भन्न राज्यव्यवस्था समितिमा पनि पहिले कुरा उठाएको हो। त्यसैले अहिले हामी हिनामिनामा मुछिएका व्यक्तिबारे लचिलो हुने अवस्था छैन ।’

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ४४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर