निक्षेप कर्ताको भावना सम्बोधन गर्न खोजेका हौँ : गभर्नर नेपाल « Khabarhub

निक्षेप कर्ताको भावना सम्बोधन गर्न खोजेका हौँ : गभर्नर नेपाल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए ।

राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र उमेरका आधारमा निकै लामो छलफलपछि मात्र बैंकको अध्यक्षको ७० र प्रमुख कार्यकारी अधिकृतको ६५ कायम गर्ने निर्णय भएको बताए ।

मुलुकको बैंकमा अहिले रु ३२ खर्ब ३५ अर्ब जनताको निक्षेप रहेको जानकारी दिँदै उनले त्यसमध्ये केवल ८.६ प्रतिशत मात्र शेर बैंक सञ्चालक सदस्यको रहेको छ भने। सञ्चालक समितिका पदाधिकारी निकै वृद्ध र कार्यकारी अधिकृतको बढी कार्यकाल हुँदा आउनसक्ने जोखिम र अपचलनको पाटोलाई हेक्का राखेर परिचयपत्र गर्ने कार्यअघि बढाइएको सो अवसरमा जानकारी दिइयो ।

गभर्नर नेपाले भने, ‘अहिले हामीले सुनिरहेको आवाज–८ प्रतिशतको मात्रै हो, विगतमा १६ वटा संस्था समस्या ग्रस्त हुँदा अध्यक्ष र कार्यकारी अधिकृतको गलत क्रियाकलापका कारण रु १७ अर्ब अपचलन भएर समस्या खेप्नुपरेको घटनालाई आधार बनाएर निक्षेपकर्ताको पैसा सुरक्षित राख्न यो निर्णय लिएका हौँ ।’

धितोपत्र कारोवार सञ्चालन गर्न राष्ट्र बैँकसँग १९ वटा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी सञ्चालन गर्न स्वीकृति लिइसकेको जानकारी दिँदै उनले भने, ‘७५३ स्थानीय तहमध्ये ७३५ स्थानमा बैंक तथा वित्तीय संस्था पुगिसकेको हुँदा ती स्थानमा धितोपत्र कारोबार गर्नसक्ने संस्था र व्यक्तिलाई सहायक कम्पनी खोल्न दिँदा शेर मार्केट विस्तार हुँदै जान्छ भन्ने हाम्रो सोच हो ।’

अर्थ मन्त्रालयका सचिव राजन खनालले दैनिक कारोवार, सूचीकृत सङ्ख्यालाई विश्लेषण गर्दा पूँजी बजार क्षेत्रले स्थायित्व कायम गरिरहेको प्रष्ट झल्कन्छ भने । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले पछिल्लो समय धितोपत्र बजार क्षेत्रमा सुधारमात्र होइन निकै ठूलो परिवर्तन आएको बताए । अहिले धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या झण्डै १६ लाखको हाराकारीमा पुगेको जानकारी दिँदै उनले बैंकले आकर्षक ब्याज प्रदान गरेका कारण शेरबजार क्षेत्रमा जोखिम मोलेर लगानी गर्न डराएका कारण शेरबजार प्रभावित भएपनि धरै उतारचढाव नभएको बताए ।

नेपाल स्टक एक्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत आर्थिक वर्ष २०७५/७६ मा दैनिक ४४ करोड ७४ लाख बराबरको शेर कारोवार भएको, बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब पुगेको तथा बजारमा सूचीकृत भएका कम्पनीको सङ्ख्या २१५ पुगेको जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४२ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी