निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री, भने : ठूला पूर्वाधार विकासमा मिलेर काम गर्छौँ « Khabarhub

निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री, भने : ठूला पूर्वाधार विकासमा मिलेर काम गर्छौँ

ठूलो अंकको आर्थिक वृद्धि गर्न सरकारी लगानी मात्रै पर्याप्त नहुने निष्कर्ष


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले देशभित्रै अवसर नखोजी विदेश जान सजिलो मान्ने युवाहरूमा आशा जगाउन मद्धत गर्ने बताएका छन् ।

नयाँ बजेटबारे जवाफ दिन मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकार आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिसमा रहेको बताए ।

‘यो बजेटले देशभित्र अवसर खोजी नगरी बााहिर जान सजिलो माान्ने युवाहरूमा आश जगाउन मद्धत गर्छ’, उनले भने, ‘व्यक्ति या नेता तथा मन्त्रालयको नेतृत्वको कमजोरी भन्दा पनि आशा जगाउने हुनुपर्छ । हामी आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिस गरेका छौं ।’

पुनले अब देशलाई नयाँ चरणको सुधारबाट देशलाई गति दिन सकिने बताए । ‘नयाँ चरणको सुधारबाट मात्रै देशलाई गति दिन सक्छौं’, उनले भने, ‘विगतका नीतिको सीमासमेत विश्लेषण गरेर अघि बढ्ने योजनामा छौँ ।’

उनले निजी क्षेत्रलाई पनि फकाउने कोसिस गरे । ‘निजी क्षेत्रलाई साथमा लिएर नै अघि बढ्छु’, पुनले भने, ‘विमानस्थल, सडक, सिग्नेचर ब्रिजजस्ता पूर्वाधारमा अब निजी क्षेत्रलाई सहभागी गराउने हो।

पुनले तीव्र आर्थिक वृद्धिका लागि सरकार र निजीक्षेत्रको सहकार्यमा जोड दिए । ‘५/६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्न सरकारी लगानीमात्र पर्याप्त छैन’, उनले भने, ‘ठूला पूर्वाधार विकासमा हामी निजीक्षेत्रसँग मिलेर काम गर्छौँ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ३८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि