निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री, भने : ठूला पूर्वाधार विकासमा मिलेर काम गर्छौँ « Khabarhub

निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री, भने : ठूला पूर्वाधार विकासमा मिलेर काम गर्छौँ

ठूलो अंकको आर्थिक वृद्धि गर्न सरकारी लगानी मात्रै पर्याप्त नहुने निष्कर्ष


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले देशभित्रै अवसर नखोजी विदेश जान सजिलो मान्ने युवाहरूमा आशा जगाउन मद्धत गर्ने बताएका छन् ।

नयाँ बजेटबारे जवाफ दिन मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकार आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिसमा रहेको बताए ।

‘यो बजेटले देशभित्र अवसर खोजी नगरी बााहिर जान सजिलो माान्ने युवाहरूमा आश जगाउन मद्धत गर्छ’, उनले भने, ‘व्यक्ति या नेता तथा मन्त्रालयको नेतृत्वको कमजोरी भन्दा पनि आशा जगाउने हुनुपर्छ । हामी आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिस गरेका छौं ।’

पुनले अब देशलाई नयाँ चरणको सुधारबाट देशलाई गति दिन सकिने बताए । ‘नयाँ चरणको सुधारबाट मात्रै देशलाई गति दिन सक्छौं’, उनले भने, ‘विगतका नीतिको सीमासमेत विश्लेषण गरेर अघि बढ्ने योजनामा छौँ ।’

उनले निजी क्षेत्रलाई पनि फकाउने कोसिस गरे । ‘निजी क्षेत्रलाई साथमा लिएर नै अघि बढ्छु’, पुनले भने, ‘विमानस्थल, सडक, सिग्नेचर ब्रिजजस्ता पूर्वाधारमा अब निजी क्षेत्रलाई सहभागी गराउने हो।

पुनले तीव्र आर्थिक वृद्धिका लागि सरकार र निजीक्षेत्रको सहकार्यमा जोड दिए । ‘५/६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्न सरकारी लगानीमात्र पर्याप्त छैन’, उनले भने, ‘ठूला पूर्वाधार विकासमा हामी निजीक्षेत्रसँग मिलेर काम गर्छौँ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ३८ बजे

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल