थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री « Khabarhub

थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिमको राजधानी सहर धनगढी उपमहानगरपालिकामा बिहीबार तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीबार धनगढीमा तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुधबार दिउँसो गरिएको मापन अनुसार त्यहाँ ४३.३६ डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार ४४ डिग्रीबाट माथि गएको कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले बताए।

उता मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको थियो । चौधरीले १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको जानकारी दिए ।

उनले सन १९९५ जुनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको बताए । बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन गरिएको थियो ।

बिहीबार काठमाडौँ उपत्यकाको तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ। केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको  छ ।

नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको मौसमविद्ले जनाएका छन् । मनसुन नेपाल आइपुग्न अझै एक साता लाग्ने भएकाले तापक्रमले उचाइ लिएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : ५३ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल