प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता « Khabarhub

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

 उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले सोमबार नै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली र देउवासँग सामूहिक र नेपालसँग छुट्टै छलफल भएको जनाएको छ । 

सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले एकसाथ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् । 

एमाले अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दाका विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १२ : ४७ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा