सदस्यता शुद्धिकरणमा प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण « Khabarhub

सदस्यता शुद्धिकरणमा प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियन बेलायतले पत्रकार महासंघ बेलायत शाखाको सदस्यता वितरणमा विभेद गरेको दाबी गरेको छ ।

युनियनका अध्यक्ष विपिन निरौलाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे यूके) शाखाको आसन्न निर्वाचन र सदस्यता वितरणप्रति नेपाल प्रेस युनियन बेलायत शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा ‘एफएनजे यूकेको पूर्व सदस्य समेत रहेका र यूकेमै रहेर सक्रिय पत्रकारिता समेत गरिरहेका पत्रकार साथीहरूलाई निर्वाचन को मुखमा आएर सदस्यताबाट बञ्चित गरिएको विभेदपूर्ण कार्य तुरुन्त सच्याई सदस्यता प्रदान गर्न महासंघ केन्द्रसँग माग’ गरिएको छ।

युनियनले महासंघ यूके शाखाका तत्कालीन अध्यक्षद्वय ध्रुर्वराज अर्याल र बिपिन निरौला बीचको सहमति अक्षरशः पालना गर्न समेत विज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ३ : ५७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि