टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड स्तब्ध « Khabarhub

टी–२० विश्वकप : भारतको विजयी सुरुवात, आयरल्याण्ड स्तब्ध


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै रिसब पन्तले ३६ रन बनाए । आज ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । उनी पाँच बलमा एक रन बनाएर आउट भएका थिए ।

आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एक/एक विकेट लिए ।

त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएका थिए ।

उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुई/दुई तथा अक्षर पटेल र मोहमद सिराजले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ११ : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प