विश्वकप : आज भारत र पाकिस्तानको भिडन्त | Khabarhub Khabarhub

विश्वकप : आज भारत र पाकिस्तानको भिडन्त


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा आइतबार  भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने गरेको छ।

भारतले पाकिस्तानमा हुने भनिएका कतिपय खेल बष्किारसमेत गरेको छ। यसले विश्व क्रिकेटमा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

विश्वकपको समूह चरणकै खेलमा भारत र पाकिस्तानले भेट पक्का गरेका हुन्। समूह ‘ए’मा रहेको भारतले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको हो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।

पाकिस्तानका कप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।

यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्।

दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्।

बलिङ र ब्याटिङ दुर्वतर्फ विश्वको नम्बर ‘वान’ खेलाडी भएका टिम भारत र पाकिस्तानको भिडन्तलाई विश्व क्रिकेटमा सबैले चासोका साथ हेर्ने गरेका छन्। पछिल्ला पाँच खेलमा भने पाकिस्तानमाथि भारत हाबी भएको देखिन्छ।

पछिल्ला १२ भेटमा भारत ८ खेलमा विजयी भएको छ भने पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । पछिल्ला टी–२० का पाँच खेलमा भारतले तीन जित निकाल्दा पाकिस्तान दुई खेलमा विजयी भएको छ ।

विश्वकपको समूह ‘ए’मा अमेरिका, भारत, क्यानडा, पाकिस्तान र आयरल्याण्ड छन् । अमेरिका दुई खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । दुई खेलमा एक जित निकाल्दै क्यानडा तेस्रो स्थानमा छ भने पाकिस्तान र आयरल्याण्ड अंकबिहीन अवस्थामा चौथो र पाँचौ स्थानमा छन् ।

भारत र पाकिस्तानको खेल आइतबार राति ८ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ०६ बजे

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु