विश्वकपमा वेस्ट इन्डिजको ऐतिहासिक जित : युगान्डा ३९ रनमा समेटियो « Khabarhub

विश्वकपमा वेस्ट इन्डिजको ऐतिहासिक जित : युगान्डा ३९ रनमा समेटियो

के के बने रेकर्ड ?


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा समेटिएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो। युगान्डाले पावर प्लेमा मात्र ५ विकेट गुमाएर २२ रन जोड्न सक्यो। १० ओभरमा युगान्डाले ८ विकेट गुमाएर मात्र ३१ रन बनायो। युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

युगान्डालाई सस्तैमा समेट्न वेस्ट इन्डिजका अकेल होसेनले एक्लै ५ विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दै मात्र ११ रन दिए। अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो शेफर्ड, गुडाकेश मोती र आन्द्रे रसेलले एकएक विकेट हात पारे।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। ४२ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए। कप्तान रोभम्यान पावेलले २३ रन जोड्दा निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए। ब्रान्डन राजाले १३ रन जोड्दा रोमारियो शेफर्डले नटआउट ५ रन थपे।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले दुई विकेट लिएका थिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान एकएक विकेट हात पारे।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको थियो। समान दुईदुई खेलमा विजयी भएका अफगानिस्तान र वेस्ट इन्डिज तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

के के बने रेकर्ड ?
विश्वकमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सबैभन्दा ठुलो स्कोर १३४ रनको जित निकालेको छ। यो विश्वकपमा युगान्डा सबैभन्दा कम रनमा समेटिने टिमसमेत बनेको छ। विश्वकपमा थोरै ओभरमा अलआउट हुने टिमसमेत युगान्डा बनेको छ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ९ : ०९ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता