यी ४९ जना सांसद- जसलाई मोदीले बनाउँदैछन् मन्त्री « Khabarhub

यी ४९ जना सांसद- जसलाई मोदीले बनाउँदैछन् मन्त्री


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धनको तर्फबाट संसदीय दलका नेता मोदीलाई राष्ट्रपति द्रौपती मुर्मुले शनिबार नै प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् ।

प्रधानमन्त्री पदका लागि शपथ ग्रहण समारोह आइतबार साँझ ७ बजेर १५ मिनेटमा राष्ट्रपति भवनमा सुरु हुने छ ।

नरेन्द्र मोदीसँगै मोदी ३.० क्याबिनेटका पनि कयौँ मन्त्रीले शपथ लिने छन् । यस्तोमा सम्भावित मन्त्रीका रुपमा हेरिएका सांसदहरूलाई फोन आउन थालिसकेको छ । अहिलेसम्म मन्त्रीको दौडमा रहेका ४९ जनाको नाम सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जीतनराम माझी, जयन्त चौधरी र अनुप्रिया पटेललाई मन्त्रीका लागि डाकिएको छ । उनीहरू मन्त्री हुने करिब निश्चित छ ।

नितिन गडकरी, सुदेश महतो, एचडी कुमार स्वामी, राजनाथ सिंह, प्रह्लाद जोशी र जयन्त चौधरी, राममोहन नायडु र पी चन्द्रशेखरलाई मन्त्रीका लागि बोलाइएको छ।

को को हुन् सम्भावित मन्त्री ?

भारतीय जनता पार्टी

अमित शाह
नितिन गडकरी
राजनाथ सिंह
अश्विनी वैष्णव
नित्यानन्द राय
मनसुख मान्डविया
प्रह्लाद जोशी
शिवराज सिंह चौहान
बीएल वर्मा
शोभा करन्दलाजे
ज्योतिरादित्य सिंघिया
सर्वानन्द सोनोवाल
अर्जुन राम मेघवाल
रक्षा खडसे
जितेनद्र सिंह
किरेन रिजुजु
राव इन्द्रजीत सिंह
शा‍न्तनु ठाकुर
बन्दी सञ्जय
जी किशन रेड्डी
हरदीप सिंह पुरी
रवनीत सिंह बिट्टु
अन्नपूर्णा देवी
जितिन प्रसाद
मनोहर लाल खट्टर
हर्ष मल्होत्रा
अजय टम्टा
धर्मेन्द्र प्रधान
निर्मला सीतारामण
सावित्री ठाकुर
मुरलीधर मोहन
सीआर पाटिल
श्रीपद नाइक
गजेन्द्र सिंह शेखावत
गिरिराज सिंह
कृष्णपाल गुर्जर
एस जयशंकर
पीयुष गोयल
जेपी नड्डा

तेलगु देशम् पार्टी

राम मोहन नायडु
चन्द्रशेखर पेम्मासानी

जनता दल युनाइटेड

एचडी कुमारस्वामी
रामनाथ ठाकुर

लोक जनशक्ति पार्टी

चिराग पासवान

हम पार्टी

जीतनराम माझी

शिवसेना

प्रताप राव जाधव

राष्ट्रिय लोक दल

जयन्त चौधरी

अपना दल

अनुप्रिया पटेल

रामदास अठवले

नीतिश-नायडुलाई कसरी मनाइयो ?

समाचार अनुसार मन्त्रिपरिषद् विस्तारको दोस्रो चरणमा नीतिशकुमा र नायडुका माग सम्बोधन गरिने भएको छ ।

यसमा सहमति जुटेपछि कुन दललाई कति मन्त्री दिने भन्ने अन्तिम टुंगो गरिएको हो । समाचार अनुसार चन्द्रबाबु नायडुको पार्टी टीडीपी र नीतिशको पार्टी जेडीयुको कोटामा एक-एक क्याबिनेट मन्त्री र एक एक राज्य मन्त्री बनाइने छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ०६ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता