विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे सन्दीप लामिछाने « Khabarhub

विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे सन्दीप लामिछाने


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

लामिछानेले वेस्ट इन्डिज पुगेर सामाजिक सञ्जालमार्फत विश्वकप खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गरेका छन् ।

उनले क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज कृष्ण घिमिरे तथा म्यानेजर विनोद दासलगायतको निरन्तरको प्रयासले वेस्ट इन्डिजमा हुने दुई खेलमा भने सहभागिता जनाउने अवसर पाएको भन्दै सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘म अब बाँकी दुई खेलका राष्ट्रिय टिमसँग वेस्ट इन्डिजमा रहने छु। मेरो सपना र समर्थकहरूको सपना पूरा हुँदैछ।’

अमेरिकी भिसा प्रक्रियाका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद, क्यानलगायतले प्रयास गरेको भएपनि भिसा नपाएको उनले बताएका छन् ।

उनले झुटा हल्ला र अफवाहाका पछि नलागी १० वर्षपछि विश्वकप खेलिरहेको नेपाललाई निरन्तर हौसला बढाउन सबैमा आग्रह गरेका छन्।

सन्दीपले वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्नेछन् । नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग खेल्दैछ ।

यो पनि…
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १० : ०८ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण