सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने ! « Khabarhub

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने !


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ । 

सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर १० पुर्‍याउन लागिएको छ ।

 संविधानमा रहेको प्रदेश सभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन् । 

बैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए ।

 तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हान तयार भएका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्‍याउने तयारी गरेका छन् ।

अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद् रहेको छ । जसमा दुई जना नाउपाको रञ्जिता पक्षका छन् । अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : ३५ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक