सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने ! « Khabarhub

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने !


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ । 

सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर १० पुर्‍याउन लागिएको छ ।

 संविधानमा रहेको प्रदेश सभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन् । 

बैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए ।

 तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हान तयार भएका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्‍याउने तयारी गरेका छन् ।

अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद् रहेको छ । जसमा दुई जना नाउपाको रञ्जिता पक्षका छन् । अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : ३५ बजे

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

नारायणगढ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर

साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा श्रृङ्खलाबद्ध आक्रमण भएको छ ।

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार– स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा

जेन-जी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्…

काठमाडौं– पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि