जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध | Khabarhub Khabarhub

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रीय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षबाहेक पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : ०२ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक