लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको सुपर ८ मा « Khabarhub

लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको सुपर ८ मा

पिएनजी ७ विकेटले पराजित


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’बाट अफगानिस्तान सुपर ८ मा प्रवेश गरेको छ। शुक्रबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर ८ प्रवेश गरेको हो।

अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले एक बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो।

९६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १५.१ ओभर खेल्दै तीन विकेटको क्षतिमा १०१ रन बनाएको हो। यो अफगानिस्तानको विश्वकपमा लगातार तेस्रो जित हो।

अफगानिस्तानका लागि गुलबदिन नायबले नटआउट ४९ रन बनाए। ३६ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे भने मोहमद नाभीले नटआउट १६ रन जोडे। अजमातुल्लाह उमरजाईले १३ रन बनाउँदा रहमानउल्लाह गुरबाजले ११ रन जोडे।

पिएनजीका लागि अले नाओ, सेमो कमिया र नर्मन भानुआले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाएका थिए। अले नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

पिएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि चार ओभर बलिङ गरेका फजलहक फारुकीले १६ रन दिँदै तीन विकेट हात पारे। नवीन उल हकले दुई विकेट लिँदा मात्र ४ रन दिए। नूर अहमदले एक विकेट हात पारे।

यो जितसँगै समूह ‘सी’बाट अफगानिस्तान सुपर ८ मा गएको हो। यो समूहबाट यसअघि नै वेस्ट इन्डिज सुपर ८ प्रवेश गरिसेको छ। समान तीन खेलमा जित निकाल्दै ६ अंकका साथ अफगानिस्तान र वेस्ट इन्डिज एक खेल अगाडि नै सुपर ८ प्रवेश गरेका हुन्। समूह चरणको अन्तिम खेलमा यिनै दुई राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ।

यो समूहमा दुई अंकसहित तेस्रो स्थानमा रहेको युगान्डासहित अंकबिहीन पिएनजी र न्युजिल्यान्ड विश्वकपबाट बाहिरिसकेका छन्। अब पिएनजीले एउटा खेल खेल्ने छ भने न्युजिल्यान्डले दुई खेल खेल्न बाँकी छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ४१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२