केन विलियम्सनले दिए कप्तानीबाट राजीनामा « Khabarhub

केन विलियम्सनले दिए कप्तानीबाट राजीनामा


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्युजिल्यान्डमा जारी टी-२० विश्वकपको सुपर-८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् 

यस्तै उनले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ । 

केनले यसअघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्युजिल्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।

न्युजिल्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत सो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यजिल्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

केनले आफूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।

उनले भनेका छन्- ‘न्युजिल्याण्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सँधै मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।’

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : २३ बजे

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी