व्यास नगरपालिकालाई जातीय विभेद मुक्त बनाउने जनप्रतिनिधिको प्रतिबद्धता « Khabarhub

व्यास नगरपालिकालाई जातीय विभेद मुक्त बनाउने जनप्रतिनिधिको प्रतिबद्धता


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुतमुक्त पालिका बनाउन स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

व्यास नगरपालिका–२ दमौलीस्थित सगुन मल्टिमिडिया प्रालिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा सम्पन्न ‘जातीय विभेद र छुवाछुत अन्त्यका लागि समस्या र समाधानका उपाय’ विषयक साक्षात्कार कार्यक्रममा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले दलित समुदायमाथिको विभेद न्यूनीकरणका लागि पालिका गम्भीर रहेको बताए ।

पालिकामा छुवाछुत र जातीय विभेदका घटना नहोस् भन्नेका लागि आफूले वडाध्यक्षलगायत समुदायलाई सचेत रहन निर्देशन गरिसकेको उनले बताए ।

“पालिकामा जातीय विभेदका घटना नहोस् भन्नेमा हामी गम्भीर छौँ । अब पनि जातीय आधारमै छुवाछुत र विभेद हुने कुरा निन्दनीय विषय हो । यसको अन्त्यका लागि हामी सबैले सामूहिक प्रतिवद्धता जनाएर अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्माले दलित समुदायले अझै पनि मानिस हौँ भनेर सङ्घर्ष गर्नुपर्ने अवस्था रहेकामा दुःख व्यक्त गरे। विभेद अन्त्यका लागि दलित समुदाय सङ्गठित बन्नुपर्ने र यसमा अन्य समुदायको पनि सहयोग आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले पनि जातीय छुवाछुत र विभेद न्यूनीकरणका लागि सङ्गठित हुन आवश्यक रहेको बताए । जातीयलगायत हरेक किसिमका विभेद अन्त्य गर्न व्यास नगरपालिका अग्रसर रहेको उनले बताए ।

सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दलित र गैरदलितबीच अन्तरघुलनका कार्यक्रम तर्जुमा गरी समस्या समाधानमा जुट्न आवश्यक रहेको बताए । दलितको समस्याले अझै पनि समाजमा प्राथमिकता पाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।

कार्यशालामा अधिवक्ता अमृत नेपालीले जातीय विभेद र छुवाछुतविरुद्ध विद्यमान कानुनी प्रावधान र नेपाल पत्रकार महासङ्घ नेपाल तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले सञ्चारमाध्यममा दलित समुदायका विषयबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका १४ वडाका दलित महिला जनप्रतिनिधि, पत्रकारलगायत अगुवाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : ५४ बजे

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा