अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ? | Khabarhub Khabarhub

अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ?


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियामा धेरै नेपालीहरु अध्ययन, रोजगारी तथा भ्रमणका लागि जाने गरेका छन् । त्यहाँ रहँदा आफ्नै असावधानी वा कमिकमजोरीले पासपोर्ट हराउन सक्छ ।

अष्ट्रेलियामा पासपोर्ट हराइहाले के गर्ने ?

सर्वप्रथम आफ्नो पासपोर्ट हराएको हो वा होइन ? भन्ने यकिन गर्ने । पासपोर्ट हराएको निश्चित भइसकेपछि प्रहरी कार्यालयमा आफ्नो पासपोर्ट कहाँबाट, कहिले, जारी भएको हो ? पासपोर्टको म्याद कहिलेसम्म थियो इत्यादी विवरण दिने । त्यसपछि प्रहरीले तपाईंको पासपोर्ट हराएको निश्चित गरी एक पत्र दिन्छ ।

त्यसपछि तपाईंले नयाँ पासपोर्ट बनाउने प्रक्रिया थाल्नुपर्छ । यसका लागि तपाईंले राजदूतावासमा गई वैध भिसाको फोटोकपी, हराएको पासपोर्टको फोटोकपी तथा नेपाली नागरिकता प्रमाणपत्र र यसअघि पासपोर्ट हराएको भनी प्रहरीले दिएको पत्रसहित आवश्यक फाराम भर्नुपर्छ ।

योसँगै तपाईंले वयस्कको हकमा ४६० अष्ट्रेलियन डलर र नाबालिगको हकमा २३० अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले नयाँ पासपोर्ट पाउने प्रक्रिया शुरु हुन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

अमेरिकामा ढुसीबारे अनुसन्धानरत दुई चिनियाँमाथि ‘कृषि आतंकवाद हतियार’ तस्करीको आरोप

काठमाडौं – मिशिगन विश्वविद्यालयको प्रयोगशालामा अध्ययन गर्ने चिनियाँ अनुसन्धानकर्ताहरूलाई अमेरिकामा

बङ्गलादेशको अन्तरिम सरकारद्वारा शेख मुजिबको स्वतन्त्रता सेनानीको मान्यता रद्द

एजेन्सी – बङ्गलादेशले मुलुकका स्वतन्त्रता नेता शेख मुजिबुर रहमानसहित सन्

बाढीले हाइड्रोपावरको बाँध बगायो

खाँदबारी– अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात

काठमाडौं– सरकारले विपद् व्यवस्थापन कोषमा चार अर्ब ६५ करोड २४

उर्जा व्यवसायीले विद्युत उत्पादन बन्द गर्नुपर्ने दिन आउन सक्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले