युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया « Khabarhub

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को खेल सर्विया र स्लोभेनियाले बराबरी खेलेका छन् ।

बिहीबार साँझ भएको खेलमा सर्विया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिले अग्रता बनाए पनि अन्तिममा सम्हाल्लीन नसक्दा स्लोभेनिया बराबरीमा रोकियो ।

खेलको ६९औं मिनेटमा जान कार्निनिकले गोल गर्दै स्लोभेनियाले अग्रता बताएको थियो । सर्वियाले इन्जुरी समयमा बराबरी गोल गर्दै एक अंक सुरक्षित गर्यो । सर्वियाका लागि ९५ औं मिनेटमा लुका जोभिकले गोल गरेका थिए ।

स्लोभेनिया यो लगातार दोस्रो बराबरी हो । यसअघि स्लोभेनिया पहिलाे खेलमा डेनमार्कसँग बराबरी खेलेको थियो । सर्विया भने पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

बराबरीसँगै समूह सी स्लोभेनिया २ अंक सहित तेस्रो स्थानमा छ । भने सर्विया एक अंक सहित चौथो स्थानमा छ । यो समूहको पहिलो स्थानमा इंग्ल्याण्ड र दोस्रोमा डेनमार्क रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ११ : ०३ बजे

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन