केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै « Khabarhub

केजरीवालको जमानतविरुद्ध इडीको उच्च अदालतमा रिट, आजै सुनुवाइ हुँदै


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल आज रिहा हुने कि नहुने स्पष्ट हुनेछ ।

केजरीवललाई राउज एभिन्यू अदालतले बिहिबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो । दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । बिहिबार प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो । 

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : २७ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त