पोखरामा एकसाथ ५ हजार जनाले गरे योग (तस्बिरहरू) « Khabarhub

पोखरामा एकसाथ ५ हजार जनाले गरे योग (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

पाेखरा – पोखरा रंगशालामा शुक्रबार एकसाथ ५ हजार जनाले योग गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको संयुक्त आयोजनामा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस-२०२४ मनाइएको हो ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए ।

उता पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको हो । सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको ठूलो कार्यक्रम यहाँ भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालले समर्थन गरेको बताए ।

योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : ३५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि