अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने | Khabarhub Khabarhub

अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्व–पश्चिम राजमार्गमा पर्ने अरुणखोलाको पुल एक साताभित्र सञ्चालनमा आउनेभएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित सो पुल बुधबार ट्रकको ठक्करबाट क्षतिग्रस्त भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार स्थलगत निरीक्षण गरी पुल चाँडो सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री महासेठले अहिले क्षतिग्रस्त सो पुलको मर्मतसम्भार कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । पुल भासिएको चार घण्टाभित्र दुई लेनको डाईभर्सन तयार गरी पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो ।

निरीक्षणका क्रममा उनले मुलुककै सबभन्दा व्यस्त राजमार्गमा पर्ने सो पुलको तत्काल मर्मतसम्भार गरी बढीमा शुक्रबारसम्म सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता प्रदान गर्न मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई निर्देशन दिइएको मन्त्री महासेठले जानकारी दिए ।

गत बुधबार बिहान करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ६ ख ४७१ नम्बर ट्रकले सो पुलको एकतर्फी भागमा ठक्कर दिँदा पुल भासिएको थियो । सो पुल २०३० सालमा निर्माण गरिएको थियो ।

भासिएको सो पुलबाट अहिले पैदल यात्रीका साथै साइकल तथा मोटरसाइकल यात्री आवतजावत गरिरहेका छन् भने अन्य सवारीसाधनको आवतजावतमा भने रोक लगाइएको छ । ठूला सवारीसाधन पुलसँगै निर्माण गरिएको दुई लेनको डाइभर्सनबाट सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ३२ बजे

‘म्याजिक नम्बर’को तनावमा गगन र विश्वप्रकाश

काठमाडौं– ‘जुन पार्टी जति बलियो भए पनि ५ वर्ष सरकार

माटोका भाँडा बनाउने व्यवसायीको चिन्ता- युवा बाहिरिए, पुस्तान्तरण भएन

कैलाली– पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव

नेप्सेमा दुई धार : कर्मचारीले शेयर किनबेच गर्न मिल्छ ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) भित्र यतिखेर एउटा नीतिगत

अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात

पुँजीगत खर्चमा प्रदेश सरकार अब्बल, चालु खर्चमा आत्मनिर्भर

काठमाडौं – पुँजीगत खर्चमा संघीय सरकार भन्दा प्रदेश सरकार अगाडि