सुशील प्याकुरेलले अस्वीकार गरे राजदूत पद « Khabarhub

सुशील प्याकुरेलले अस्वीकार गरे राजदूत पद


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका छन् ।

आइतबार एक विज्ञप्ति निकाल्दै उनले यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने जनाएका छन् ।

उनले वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गरेका छन् । ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु’, उनले भनेका छन्, ‘तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’

प्याकुरेलले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक देखेको बताएका छन् । सरकार फेरिएलगत्तै राजदूत फर्काउने निर्णयमा पनि उनले प्रश्न उठाएका छन् ।

‘आजै प्रधानमन्त्रीज्यूलाई सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको छु’, उनले भनेका छन्, ‘यसबीचमा मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’

प्याकुरेलले  आफूलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् कतैबाट सम्पर्क वा कुनै किसिमको संकेकेतसम्म नदिइएको बताएका छन् ।

‘राजदूत जस्तो जिम्मेवारी प्रदान गर्नु अघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि कार्यदक्षता रुचि कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक,आर्थिक सामाजिक स्थिति सम्बन्धी ज्ञानको विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ४३ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन