मुक्तिनाथ बैंकको ‘७६ साल ७६ उपहार’ « Khabarhub

मुक्तिनाथ बैंकको ‘७६ साल ७६ उपहार’


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ कार्यक्रम ल्याएको छ ।

भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकहरुमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गर्ने जनाइएको छ ।

७६ पुरस्कारहरु मध्ये २५ जनालाई ब्लूतुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ ईञ्चको टीभी(स्मार्ट एचडी), ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ ।

भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) बाट मंसिर १५ गते बैंकको फेसबुक पेजमार्फत लाइभ गरिने जनाइएको छ । बैंकले अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ०० बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका