भोटेकोशीमा बाढी, टिमुरेस्थित बेलीब्रिज बगायो « Khabarhub

भोटेकोशीमा बाढी, टिमुरेस्थित बेलीब्रिज बगायो


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ ।

पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ०५ बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै